२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोशीमा मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

कोशीमा मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

790
Shares

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन्। थापा बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए।

थापासँगै नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका छन्। सरकारलाई समर्थन गरेको जसपाका सांसद निर्मला लिम्बु पनि सरकारमा गएकी छैनन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij