२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एनआरएनए अष्ट्रेलियाको उपाध्यक्षमा सन्ध्या शाहको उम्मेद्वारी घोषणा

एनआरएनए अष्ट्रेलियाको उपाध्यक्षमा सन्ध्या शाहको उम्मेद्वारी घोषणा

1.2K
Shares

काठमाडौं– गैर आवासिय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको चुनावमा अष्ट्रेलियामा बस्दै आएकी सन्ध्या शाह होमिएकी छन् । बाँके जिल्लाकी सन्ध्या शाह १४ बर्षदेखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी छिन् । शाहले एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष र ( एनएसडब्ल्यू राज्य संयोजक) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् । उनी हाल एनआरएनए अष्ट्रेलियाको सचिव छन् । उनले अष्ट्रेलिया नारी निकुन्जको सदस्य हुँदै एनएसडब्ल्यु राज्य समितीको महिला संयोजक, राष्ट्रिय संयोजक भएर काम गरिसकेको । कुशल र प्रष्टवक्ता शाह प्रजातान्त्रिक प्यानलबाट उठेकी आधिकारीक उम्मेद्वार हुन् ।
उनले अष्ट्रेलियामा बसेका नेपालीलाई मात्र सहयोग होइन नेपालमा भुकम्प जाँदा होस् वा कोरोना फैलिएको बेला होस नेपालका विभिन्न ठाउँमा समस्यामा परेकालाई सहयोग गर्दै आएकीछन् ।


‘‘मैले प्रवासमा रहदै गर्दा अन्तर मनले विश्वाश गरेको संस्था एनआरएनए हो र मन वचन अनि कर्मले सन् २००९ विगत १४ वर्ष देखि नै आफुलाई समाहित गर्दै आएको पनि छु’ उनले भनिन् ‘नेपालीलाई परेको समस्यामा म कहिल्यै पछाडी हटेकी छैन र हटदिन पनि । जति सक्छु सेवा गर्छु, गरिरहने छु ।’ उनले यस पवित्र संस्था एन आर एन अस्ट्रेलियाले आफ्नो स्थापना कालदेखि प्रवासी नेपालीको हकमा र मातृभूमिको लागि धेरै काम गर्दै आइरहेको बताइन् । ‘स्वदेशमा होस वा विदेशमा नेपालीले समस्या पर्यो भनेपछि हामीले हरेक तरिकाले सहयोग गर्दै आइरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij