२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

1K
Shares

काठमाडौं । काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा जितेन्द्र बस्नेतले जिम्मेवारी पाएको छ । यसअघि गृहमन्त्रालय सहसचिव (सुरक्षा तथा समन्वय महाशाखा) एवम् प्रवक्ताको जिम्मेवारीमा रहेका उनलाई काठमाडौंको सीडीयोको जिम्मेवारी दिइएको हो ।

हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाएको हो । बस्नेत ८ वर्ष सहसचिव बनेका थिए । उनले प्रमुख जिल्ला अधिकारीका रूपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका छन् । प्रधानमन्त्रीको कार्यालयका सहसचिव तथा भूकम्प प्राधिकरण कार्यालयका सहसचिवका रूपमा पनि काम गरेका थिए । उनले राष्ट्रिय पन्जिकरण विभागको महानिर्देशकका रूपमा पनि काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij