२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकले ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकले ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

915
Shares

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले तारा विष्टको नाममा रहेको ११ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकको उक्त सेयरमा जुनसुकै व्यक्ति, कम्पनी वा संस्थाले आवेदन दिन पाउने छन् । बैंकले संस्थापक सेयरधनीको लागी जेठ १७ गतेदेखि ३५ दिनको समय दिएको थियो ।

उक्त, समयमा संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेकोले सर्वसाधारणका लागी सेयर निष्काशन गरेको हो । सेयरको न्यूनतम बिक्री मूल्य १३५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले आज असार २० गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा सम्पर्क गर्न सक्नेछन् ।

लगानीकर्ताले के कति दररेटमा सेयर खरिद गर्ने हो सो उल्लेख गरी आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा कति कित्ता खरिद गर्ने हो सोको अंक र अक्षरमा स्पष्ट लेख्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij