काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले थप पाँच शाखा सञ्चालनमा ल्याएको छ। बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारी, गण्डकी प्रदेशको तनहुँ दमौली, लुम्बिनी प्रदेशको बर्दिया गुलरिया, कर्णाली प्रदेशको सल्यान श्रीनगर र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा शाखा सञ्चालनमा ल्याएको हो।
यो सँगै बैंकको १८८ वटा शाखा पुगेको बैंकले बताएको छ। प्रदेशगत रूपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेका छन्।
यस शाखाहरूमार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले गरेको छ।
बैंकमा अयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिँदै मर्यादित ढंगबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन्। बैंकले १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरूबाट करिब १६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij