२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टेली चलचित्र ‘केशरी’को पहिलो भाग सार्वजनिक

टेली चलचित्र ‘केशरी’को पहिलो भाग सार्वजनिक

1K
Shares

काठमाडौँ- रघुजी फिल्मसको निर्माणमा बनेको सामाजिक टेली चलचित्र ‘केशरी’को पहिलो भाग सार्वजनिक गरिएको छ। नारी सेन्टिमेन्टल़ाई मुख्य कथा बस्तु बनाएर निर्माण गरिएको‘केशरी’ को मुख्य पात्र आशा भुषालले निभाएकी छन्। थुप्रै चलचित्र,म्युजिक भिडियो तथा टेली चलचित्रमा काम गरि सकेकी आशाले ‘केशरी’ मा जिवन्त अभिनय गरेकी छन्। उत्तम अधिकारीको लेखन तथा निर्देशनमा बनेको टेली चलचित्र ‘केशरी’मा नारी बेदनाको कथालाई महत्वपूर्ण स्थान दिइएको छ। नेपाल नेटवर्क टेलिभिजनबाट प्रत्येक सोमवार साँझ ७ बजे प्रशारण हुने टेली चलचित्र ‘केशरी’ले गाउँले जन जीवनको यथार्थ कथा बोल्ने लेखक तथा निर्देशक अधिकारीले बताए।

टेली चलचित्र ‘केशरी’ का निर्माता रघुनाथ सापकोटा हुन् उनलाई निर्माणमा राज कुमार श्रेष्ठले सघाएका छन्। टेली चलचित्रको छायाँकन एलेक्स पुडासैनीले गरेका हुन् भने सम्पादन बन्दे प्रसादले गरेका हुन् । ‘केशरी’मा आशा भुषालको अलावा लक्ष्मीनाथ तिमल्सिना,विनय राज पौडल,प्रदीप सिंह थापा,करुणा श्रेष्ठ,चण्डिका बस्नेत,रेशम फिरिरी,सुरज अधिकारी,समीर खनाल,स्मृति बस्नेत, डिम्पल खरेल,बिष्णु रोक्का लगायतका कलाकारको अभिनय रहेको छ।

https://youtu.be/EM1gCddexG8

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij