२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान २०८० बाट विभिन्न श्रष्टा सम्मानित

राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान २०८० बाट विभिन्न श्रष्टा सम्मानित

1.5K
Shares

काठमाडौं– रिवन इन्टरटेनेमेन्ट प्रा.लि.ले बिगतका वर्षमा झै यसपटक पनि ‘राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान २०८० ’बाट विभिन्न श्रष्टालाई सम्मानित गरेको छ । रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाको सभापतित्वमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्य तथा बरिष्ट गायिका देविका बन्दना, चर्चित अभिनेता धिरेन शाक्य, राष्ट्रगानका रचयता व्याकुल माईलाको विशिष्ट आतिथ्यमा काठमाडौंको नाचघरमा शनिबार बेलुका सम्मान समारोह सम्पन्न भएको हो ।
समारोहमा सम्पादन सम्मानबाट कान्तिपुर दैनिकका बरिष्ट सह सम्पादक तथा पारस प्रकाश नेपाल सम्मानित भएका छन् भने राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट पत्रकार विष्णु सवेदी सम्मानित भएका छन् ।
यस्तै ध्वानी सम्पादनबाट मनोज परियारले राष्ट्रिय सम्मान पाए भने गीता पौडेल राष्ट्रिय मेकअप आर्टिस्ट सम्मानबाट सम्मानित भईन् । संगीत व्यबसायी राष्ट्रिय सम्मानबाट प्रियसी म्युजिक प्रालिका प्रवन्ध निर्देशक राजेन्द्र पुरी सम्मानित भए । यस्तै राष्ट्रिय फेशन डिजाईनर सम्मानबाट दिलमाया मगर सम्मानित भईन् । गीति लेखनतर्फ राष्ट्रिय सम्मानबाट सम्मानित हुनेमा अग्रज गीतकार डब्बु क्षत्री रहेका छन् ।
राष्ट्रिय गायन सम्मानबाट गायकहरु रामचन्द्र काफ्ले, ओम सुनार, नविन कुमार पौडेल, नमराज ढुँगाना, नारायण थापा, भुवन प्यासी, निमा पाख्रिन लामा, रमन रायमाझी, दीपेश श्रेष्ठ बैद्य, गायिका जुनु रिजाल, पाल्मु शेर्पा, रमला पाख्रिन, शोभा थापा, दीपा रोकाया सम्मानित भएका छन् ।
यस्तै राष्ट्रिय संगीतकार सम्मानबाट संगीतकारहरु शँकर थापा ‘स्माईल’, राजेन्द्र बजगाई, शिशिर साधक, योगेन्द्र उपाध्याय सम्मानित भएका छन् ।
चलचित्र बृत्तबाट राष्ट्रिय सम्मानबाट सम्मानित हुनेहरुमा अभिनेता प्रवण भुसाल, अभिनेता तेज गिरी, अभिनेता प्रेम पाण्डे, चलचित्र निर्देशक निरज घिमिरे रहेका छन् ।
यस्तै म्युजिक भिडियो क्षेत्रबाट राष्ट्रिय सम्मान प्राप्त गर्नेहरुमा भिडियो निर्देशक बविता श्रेष्ठ, म्युजिक भिडियो निर्देशक निरेन श्रेष्ठ, निर्माता दावा लामा, म्युजिक भिडियो मोडेल प्रतिक्षा काफ्ले, कोरियोग्राफर कृष्ण रसाल, बरिस्ठ कोरियोग्राफर जोगेन्द्र केसी, नृत्य निर्देशक अजय कुमार बिष्ट रहेका छन् ।
मोडलिङ क्षेत्रबाट सम्मानित हुनेहरुमा चर्चित मोडल तथा स्टेज पर्फमर दुर्गेश थापा, अभिनेत्री तथा मोडल सृष्टी खड्का, मोडलहरु कुसुम दुलाल ( सिम्रन), केशव भुसाल, अमन श्रेष्ठ, बिकाश विश्वकर्मा, गणेश राजभण्डारी, हनुमान यस्माली (सुदीप), एलिजिवा बुर्जा पुन (थालिनाच कलाकार मोडल) रहेका छन् ।
समारोहमा गायिका जुन रिजाल, मोडल तथा गायक दुर्गेश थापाले आफ्ना चर्चित गीत पस्केर कार्यक्रमलाई संगीतमय तुल्याएका थिए ।
सम्मान प्रदान पश्चात नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले यस्ता राष्ट्रिय सम्मानबाट विभिन्न कलाकारलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले यस्ता सम्मानले कलाकारलाई उर्जा मिल्ने भनाई राख्दै सम्मानित सबैलाई बधाई ज्ञापन गरे।
श्रष्टाहरुलाई सम्बन्धित क्षेत्रमा निरन्तर योगदानको सम्मानार्थ आफुहरुले वर्षेनी सम्मान गर्दै आएको रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताए । कार्यक्रमलाई चलचित्र पत्रकार विष्णुप्रसाद सुवेदीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij