२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

1.3K
Shares

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । मंललबार नेप्सेमा रावा इनर्जि र मोदी इनर्जिको आइपीओ सूचीकृत भएको हो ।

नेप्सेमा रावा इनर्जिको २८ लाख कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीको आइपीओ भोलि अर्थात बुधबारदेखि कारोबारमा आउने भएको छ । नेप्सेले कम्पनीको आइपीओको ओपनिङ रेन्ज ८१.१० रुपैयाँदेखि २४९.३० रुपैयाँसम्म तोकेको छ ।

त्यस्तै, नेप्सेमा मोदी इनर्जिको २ करोड ९० लाख कित्ता आइपीओ सूचीकृत भएको हाे । कम्पनीको आइपीओ भोलिदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ । नेप्सेले कम्पनीको आइपीओको पहिलो कारोबारको लागि ९२.५७ रुपैयाँदेखि २७७.७१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij