२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समाज लघुवित्तद्वारा लाभांश घोषणा

समाज लघुवित्तद्वारा लाभांश घोषणा

800
Shares

काठमाडौं –  समाज लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको असार ५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीबाट १४.२५ प्रतिशतका दरले हुन आउने २८ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दले हुन आउने एक लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।

हाल संस्थाको चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij