२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबी बैंकले सुरू गर्‍याे ‘एनएमबी खेती कर्जा’

एनएमबी बैंकले सुरू गर्‍याे ‘एनएमबी खेती कर्जा’

730
Shares

काठमाडौं – एनएनबी बैंक र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो एनएमबी खेती कर्जाको आधिकारीक रूपमा शुभारम्भ भएको छ। यस कर्जा मार्फत किसानहरूले खेती एपको नयाँ फिचर एनएमबी खेती कर्जामा आवेदन दिई सहज रुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्नेछन्।

वित्तीय पहुँचबाट वञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन् भन्ने उद्देश्यले पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक सुरू गरिएको हो। किसानहरुले आफूलाई आवश्यक कृषि बिउ-बिजन, अन्य विभिन्न आवश्यक कृषिजन्य वस्तु तथा उपकरणहरू खरिद गर्नको लागि यो कर्जा सरल किस्ताबन्दीमा बिना धितो प्राप्त गर्न सक्नेछन्।

यस कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरू पेश गर्न पर्दैन। यो कर्जा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारीत भएकाले किसानहरूले खेतीसँग पहिला गरेको कारोबारको मूल्यांकन गरेर स्विकृति गरिनेछ भने ग्राहकहरूले ३ महिनादेखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरि अर्काे कर्जा पनि तुरुन्तै प्राप्त गर्न सक्नेछन्।

यस एनएमबी खेती कर्जा प्राप्त गर्नको लागि ग्राहकहरूले एनएमबी बैंकमा खाता खोलेको हुनुपर्दछ भने खेती एप अनिवार्य डाउनलोड गरी एपमा भएका फिचरहरूको प्रयोग गरेर ग्राहक पहिचान विवरण भर्नुको साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार खेती एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म सुरू लगायतका खेतीका महत्वपूर्ण चरणहरुमा पूर्ण सहभागि भएको हुनुपर्नेछ।

देशले कृषिको व्यवसायिकरणमा जोड दिइरहेको अवस्थामा किसानहरूलाई पूर्णरुपमा डिजिटल प्र्रविधिमा आधारित बिना धितो कर्जा ५ मिनेटभित्र प्राप्त गर्न सकिने यस एनएमबी खेती कर्जाले किसानहरू लाभान्वित भई समग्र कृषि क्षेत्रको विकास भई नेपालको अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव परी देशको आर्थिक विकासमा मद्दत पुग्ने विश्वास लिइएको छ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij