काठमाडौं- पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। उनी विरुद्ध बाँकेमा ठगी मुद्दा दर्ता भएको थियो। सोही मुद्दाको आधारमा रौनियार काठमाडौंबाट पक्राउ गरिएको हो। उनलाई नयाँ बानेश्वर वृत्तले काठमाडौंबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो।
बाँके प्रहरीसँगको समन्वयमा उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो। उनलाई थप अनुसन्धानका लागि बाँके पठाउने तयारी छ।रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् । सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij