२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

700
Shares

काठमाडौं – नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले शुक्रबार खड्कालाई एक वर्ष तीन महिना कैद र नौ करोड १९ लाख छ हजार छ सय रूपैयाँ बराबर बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको हो। कैद र जरिवानाका साथै खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, सेयर र अन्य सम्पत्ति जफत हुने अदालतले फैसला गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खड्काले १८ करोड ६६ लाख रूपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित २०७५ पुस २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। खड्काकी श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुत रूपमा आर्जन गरेको सम्पत्ति लुकाएकाले सबै जफत हुनुपर्ने अख्तियारले मुद्दामा दाबी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij