२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तरुण दलको केन्द्रिय सदस्यमा सौरभ केसि मनोनीत

तरुण दलको केन्द्रिय सदस्यमा सौरभ केसि मनोनीत

885
Shares

काठमाडौ – नेपाली कांग्रेसको भातृ संस्था तरुण दलको केन्द्रिय समिति बिस्तार गरेको छ । विभिन्न जिल्लाका युवाहरुलाई केन्द्रिय सदस्यमा मनोनीत गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्य बिस्तार गरेका छन ।
त्यसक्रममा रामेछाप जिल्लाका युवा नेताहरु पनि केन्द्रिय समितिमा मनोतित भएका छन जसमा सौरभ के.सी. ,चन्द्रवहादुर वाइवा,रिसिबी थापामगर, सुशील वुढाथोकी, योगेश श्रेष्ठ, दिपेन्द्र खड्का, विनिता खड्का, रमेश खड्का रहेका छन ।


खाडादेबी गाउँपालिका युवा नेता सौरभ केसि रामेछापका कुशल युवा नेतामा चिनिन्छन ।  पार्टी महाधिवेशन प्रतिनिधिदेखि जिल्ला कार्यसमिती सदस्य हुँदै  तरुण दल केन्द्रिय सदस्यमा मनोनीत भएका छन। उनी युवामाझ लोकप्रिय रहेका छन । स्थानीयदेखि प्रदेशसंघको निर्वाचनमा पार्टीका उम्मेदवारलाई बिजयी गराउन सक्रिय भएर लागेका थिए ।
राजनीतिलाई समाजसेवा मान्ने केसि जनताको हरेक दुखसुखमा साथ दिदै आएका छन । गाउँको बिकासमा पनि उनको बिशेष भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij