काठमाडौं – टोखा नगरपालिकामा २० दिने बेसिक फोटोग्राफी तालिम सप्पन्न भएको छ । टोखा नगर स्तरीय तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी, विशेष अतिथिमा नगर उप प्रमुख मुरारी तामाङ रहनु भएको थियो । टोखा नगरपालिका १० वडा अध्यक्ष मचाकाजी महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिका सुचना प्रबिधि शाखा प्रमुख वसन्त पाठक, वडा सदस्य लगायत अतिथि रहेका थिए । वडा न. १० को सभाहलमा सम्पन्न तालिममा नगरपालिका भित्रका २४ जनाले सहभागीता लिएका थिए ।
टोखा नगरपालिकाको आर्थिक सहयोगमा नेपाल मिडिया एण्ड स्टुडियो प्रालिको आयोजनामा भएको तालिममा प्रमुख प्रशिक्षक झक्कु रोक्का, नारायण रिमाल र चन्द्र गिरि प्रशिक्षक रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले आगामी दिनमा पनि युवा लक्षित कार्यक्रमलाई अगाडि बढाउने बताउनु भयो ।
बेसिक तालीमले युवाहरुलाई फोटोग्राफीमा भबिस्य रहेको अनुभुति गराएको नेपाल मिडिया एण्ड स्टुडियो प्रालिका अध्यक्ष नारायण रिमालले जानकारी दिनुभयो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij