२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत

नेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत

2.9K
Shares

कठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार माहुली लघुवित्त र समता घरेलु लघुवित्तको ९ लाख १६ हजार २०७.७४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

माहुली लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस बापतको ४ लाख २ हजार ९१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । समता घरेलु लघुवित्त वित्तीय सस्था लिमिटेडको १५ प्रतिशत बोनस बापतको ५ लाख १४ हजार ११६.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

दुबैं कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस नेप्सेमा सूचीकृत गरेको हो । अब हितग्राही खातामा बोनस जम्मा भए पश्चात मात्र सेयरधनीहरुले खरिद बिक्री गर्ने सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij