२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजबाट कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

आजबाट कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

855
Shares

काठमाडौं- कुमारी बैंकले आफ्नो संस्थापक समूहको सेयर आजबाट बिक्रीमा राखेको छ । बैंकले ३ लाख १६ हजार १ सय ४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयरमा विद्यमान संस्थापकसँगै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय १० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता सेयरका लागि खरिद आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछ । लगानीकर्ताहरुले असार १८ गतेसम्म खरिद आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij