२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोखा नगरपालिकाको २०८०/८१ को नीति तथा कार्यक्रम पारित

टोखा नगरपालिकाको २०८०/८१ को नीति तथा कार्यक्रम पारित

2.2K
Shares

काठमाडौं – टोखा नगरपालिकाको नगर सभाको १३ औं अधिवेशनबाट आ.ब. २०८०/८१ को नीति तथा कार्यक्रम पारित भएको छ । नगर सभाको पहिलो बैठकबाट नगर प्रमुख प्रकाश अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम  पारित गरेको छ । अधिवेशनको दोस्रो बैठक असार १४ गते बस्ने भएको छ । आज पारित नीति तथा कार्यक्रमको आधारमा १४ गते बजेट प्रस्तुत हुने नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

नगरपालिकालले १२. १५ किमी सडक पिच भएका छन् भने ३.२९ वर्ग किमी ब्लक विछ्याउने, पुल कल्भर्ड १२ वटा र ५.११ किमी ढल विछ्याउने तथा मर्मत भएका छन् । नगरपालिका भौतिक पूर्वाधारका क्षेत्रमा धेरै काम भएका छन् । नगरपालिकाले मधुमेह र उच्च रक्तचाप भएका विरामीलाई औषधीमा अनुदान दिएको छ । नगरपालिकाको चालु आ.ब. को जेठ मसान्तसम्म कूल आम्दानी रु. १ अर्ब ८४ करोड २३ लाख २५ हजार २३५ रुपैयाँ पैसा ११ मात्र भएको र व्यय तर्फ रु १ अर्ब २ करोड ३६ लाख 15 हजार २६ रुपैयाँ पैसा ३० खर्च रहेको छ ।

टोखा नगरपालिकाको बेरुजु दर धेरै कम रहेको छ । हाल बेरुजु ०.५९ प्रतिशत रहेको छ । आर्थिक सुसाशन र पारर्दशितालाई आत्मसाथ गरेको टोखा नगरपालिकाले महत्वपूर्ण र महत्वकांक्षी नीति तथा कार्यक्रम ल्याएको छ । कला संस्कृतियुक्त, स्वच्छ, समुन्नत टोखा नगर भन्ने नाराका साथ नगरपालिकाले गत वर्षका कतिपय कार्यक्रमलाई निरन्तरता दिइएको छ भने धेरै नयाँ कार्यक्रमहरु समेटेको छ । टोखा नगरपालिकाले पुराना खेलहरुलाई संरक्षण र प्रर्वद्धन गर्ने भएको छ ।
पालिकाका विभिन्न विषयगत समितिका संयोजकहरुले आफ्ना समितिका प्रगति विवरण प्रस्तुत गरेका थिए । उप-प्रमुख मुरारी तामाङले अनुगमन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अधिवेशनमा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमु ख मुरारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर विसी, वडा अध्यक्ष तथा नगरसभा सदस्यहरु साथै कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
नगरपालिकाले पूर्वाधार, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पर्यटन क्षेत्रको विकासलाई आधार मानेर नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख अधिकारीले जानकारी दिए ।

 

नीति तथा कार्यक्रम हेर्नुहोस

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij