२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सोमबारसम्म १०९ पालिकाको बजेट सार्वजनिक

सोमबारसम्म १०९ पालिकाको बजेट सार्वजनिक

1K
Shares

काठमाडौँ – सोमबारसम्म १०९ पालिकाले बजेट सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्था अनुसार असार १० गते अर्थात् आइतबारसम्ममा सबै स्थानीय तहहरुले आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि कूल ७५३ स्थानीय मध्ये जम्मा १०९ मात्र बजेट ल्याएका हुन् ।

बाँकी ६४४ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेका छैनन् । यद्यपि, कतिपय पालिकाहरूले बजेट ल्याएर पनि सिस्टममा प्रविष्ट नगर्नाले पनि नदेखिएको हुन सक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij