काठमाडौं – भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो चालू आर्थिक वर्षका लागि ल्याएको बजेट भन्दा ९.९९ प्रतिशत अर्थात ५७ करोड ३७ लाख ३४ हजार रुपैयाँले बढी हो ।
चालू आर्थिक वर्षका लागि महानगरपालिकाले ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियोे । अधिकांश महानगरपालिकाहरुको बजेट घट्दै गर्दा भरतपुर महानगरको बजेट झण्डै १० प्रतिशतले बढ्नुले खास अर्थ राखेको छ । अन्य महानगरहरुले स्रोतको अभावमा बजेट घटाएपनि भरतपुर महानगरले भने आन्तरिक स्रोत राम्रो रहेको जनाएको छ । यो वर्ष मात्र महानगरपालिकाले २७.७३ अर्थात् १ अर्ब ७५ करोड रुपैयाँले आय वृद्धि गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij