२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो २ अर्ब ६१ करोड बजेट

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो २ अर्ब ६१ करोड बजेट

825
Shares

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले साढे तीन अर्बको बजेट ल्याएको छ। कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ बराबरको बजेट ल्याएको हो। नगरपालिकाले ल्याएको कुल बजेटमध्ये ५७.३२ प्रतिशत अर्थात १ अर्ब ७३ करोड ४६ लाख ९९ हजार रुपैयाँ चालुतर्फ विनियोजन गरिएको छ। पुँजीगततर्फ ४१.६१ प्रतिशत अर्थात १ अर्ब २५ करोड ८९ लाख ९६७ रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै वित्तीय व्यवस्थापनका लागि ३ करोड ३५ लाख (१.०७ प्रतिशत) विनियोज गरिएको छ। कुल बजटेबाट नगरपालिकाले तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि ३१ करोड ६५ लाख, वडा कार्यालय सञ्चालनका लागि पुँजीगतसहित १९ करोड २८ लाख, नगरस्तरीय कार्यक्रमका लागि ३८ करोड ५९ लाख, संघतर्फका आयोजनाका लागि सशर्त अनुदान १ अर्ब ३८ करोड ३० लाख, विशेष अनुदान १ करोड, समपुरक अनुदान ५५ लाख रुपैयाँ विनियोजन गरेको छ।

प्रदेशतर्फका आयोजनाका लागि सशर्त अनुदात ३१ करोड २९ लाख ९० हजार, समपुरक अनुदान १ करोड विनियोजन गरिएको छ। सामाजिक सुरक्षा कार्यक्रमका लागि ४० करोड, साझेदारी विकास कोष र स्थानीय विकास कोषका लागि ९५ लाख रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक वर्ष ०८०/८१ को बजेटको स्रोत व्यवस्थापनका लागि नगरपालिकाले संघबाट वित्तीय समानीकरण अनुदान २२ करोड ८९ लाख, सशर्त अनुदान १ अर्ब ३८ करोड ३० लाख, राजस्व बाँडफाँटबाट १७ करोड ९६ लाख ३१ हजार, संघीय सरकारबाट पुँजीगतमा विशेष अनुदान १ करोड र समपुरक अनुदान ५५ लाख रुपैयाँ अनुमान गरेको छ।

प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ २ करोड ९३ लाख २६ हजार, सशर्त अनुदानतर्फ ३१ करोड २९ लाख ९० हजार, संघीय सरकारबाट समपुरक अनुदान १ करोड, प्रदेश राजस्व बाँडफाँटअन्तर्गत ३० लाख ३३ हजार ९६७, नगरपालिकाको आन्तरिक आय ४० करोड ४३ लाख ९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। यस्तै चालु आर्थिक वर्षको खर्च नभई मौज्दात रहेको रकम ५ करोड पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा राजस्व वृद्धिका लागि टोल विकास संस्था र निजी क्षेत्र परिचालन गर्न १ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ।
भेरीको पानी लिफ्टिङ गरी वीरेन्द्रनगरमा खानेपानी सुविधा पुर्‍याउने आयोजनाका लागि ०८०/८१ को बजेटबाट नगरपालिकाले ७ करोड रुपैयाँ विनियोजन गरेको छ। सहरी सौन्दर्यताको लागि चोक सुधार गर्न ५० लाख, फुटपाथ सजावट गर्न २० लाख, घण्टाघर पार्क व्यवस्थापनका लागि ७० लाख, पार्किङ व्यवस्थापनका लागि ५० लाख, ट्राफिक लाइट जडानका लागि ४० लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरेको छ।

यस्तै गुणस्तरीय शिक्षामा सबै बालबालिकाको समतामुलक पहुँच सुनिश्चित गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि २ करोड, नगर अस्पताल सञ्चालनका लागि ५० लाख, सिकलसेल यनिमिया जाँच मेसिन खरिद गर्न २० लाख रुपैयाँ विनियोजन गरिएको छ।
पछाडि पारिएका तथा सिमान्तकृत समुदायको पहुँच वृद्धि तथा अर्थपूर्ण सहभागिताका लागि विभिन्न आयोजना तथा कार्यक्रम सञ्चालन गर्न पनि बजेट विनियोजन गरिएको छ।

नगरपालिकाले ०८०/८१ को बजेटबाट आर्थिक विकासतर्फ ५ करोड ४० लाख ३ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापतर्फ २ करोड ८४ लाख ७० हजार, सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ ३ करोड ५५ लाख ८९ हजार विनियोजन गरेको छ। नगर प्रहरी नियुक्त गरी परिचालन गर्न चालुतर्फबाट बजेटसहित थप २ करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij