नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्। परिसंघको २०औं साधारण सभाले यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाललाई विधान अनुरुप स्वतः अध्यक्षमा चयन गरेको हो। अग्रवाल डेढ दशकदेखि परिसंघको कार्यसमितिमा छन्। उनी राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसंघको उपाध्यक्ष भएका थिए। सन् १९९२ देखि उद्योग क्षेत्रमा सक्रिय अग्रवाल आरएमसी गु्रपका कार्यकारी निर्देशकसमेत हुन्।
उनी सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आवद्ध छन्। परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई सपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरेका छन्।
परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल, आशिष अग्रवाल जजोडिया, मनिष खेम्का, द्विराज शर्मा (शिवाकोटी), ध्रुवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा र वीरेन्द्रराज पाण्डे निर्वाचित भए।
यसैगरी, लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दिप शारदा, मोहित केडिया, अमित मोर, अमित कुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी, राहुल कुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिंघानीया, मिलन बाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपाल कुमार अग्रवाल, आदित्य संघाई पनि राष्ट्रिय परिषद सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचित राष्ट्रिय परिषद् सदस्यहरूबाट सर्वसम्मत रुपमा ७ जना उपाध्यक्ष चयन भएका छन्। परिसंघको उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भएका छन्। अमित मोर र भीम घिमिरे पहिलो पटक परिसंघको उपाध्यक्ष बनेका हुन् भने परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दीप शारडा, गोकुल भण्डारी र छायाँ शर्मा मनोनित भएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij