२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नागरिक लगानी कोषले बोलायो साधारण सभा

नागरिक लगानी कोषले बोलायो साधारण सभा

780
Shares

काठमाडौं- नागरिक लगानी कोषले असार ३१ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । असार ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ३ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङग्याउनेछ । गत आर्थिक वर्षको मुनाफाबाट कोषले हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

हाल कोषको चुक्तापूँजी रू. ४ अर्ब २५ करोड १० लाख रहेको छ । यस वर्ष कोषले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । अघिल्लो वर्षको मुनाफाबाट गत वर्ष कोषले रू. ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

२८औं वार्षिक साधारण सभा प्रयोजनका लागि कोषले असार १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij