२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि अप्पर स्याङ्गे हाईड्रोपावरको आइपीओ विक्री खुला

आजदेखि अप्पर स्याङ्गे हाईड्रोपावरको आइपीओ विक्री खुला

995
Shares

काठमाडौं – अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आज असार १० गतेदेखि आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँड गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५० हजार कित्ता साधारण शेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषलाई र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आइपीओ निष्काशन बन्द छिटोमा असार १३ गते हुनेछ भने ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij