२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बालुवाटारमा प्रचण्ड र विप्लवबीच छलफल

बालुवाटारमा प्रचण्ड र विप्लवबीच छलफल

490
Shares

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबिच बिहान भेट भएको हो।

भेटमा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जसपाले सोमवार मोर्चाको घोषणा गरेका छन्। सोही सन्दर्भमा रहेर आज भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij