२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागरिक लगानी कोषले २५ प्रतिशत लाभांश दिने

नागरिक लगानी कोषले २५ प्रतिशत लाभांश दिने

755
Shares

काठमाडौं – नागरिक लगानी कोषलाई २६.३१६ प्रशितल लाभांश बाँड्न सरकारले स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कम्पनीलाई पुँजीवृद्धि गर्न स्वीकृति दिएसँग अब लगानीकर्ताले २५ बोनस सेयर र कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन् ।

कोषको सञ्चालक समितिको वैशाख २९ गतेको बैठकले सेयरधनीलाई लाभांश दिने प्रताव गरेको थियो । उक्त प्रस्ताव अर्थमन्त्रालयमा पठाएकोमा मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कम्पनीको चुक्तापुँजी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार पुर्‍याउन स्वीकृति दिएसँगै अब कोषको वार्षिक साधारण सभा बस्ने बाटो खुलेको छ ।

चैत मसान्तसम्म कम्पनीको चुक्तापुँजी चार अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर बाँडेपछि कम्पनीको चुक्तापुँजी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij