काठमाडौं- निजी क्षेत्रका वायु सेवा कम्पनीहरूले आन्तरिक हवाई भाडादर घटाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । इन्धनको मूल्य घटाएसंगै हवाई भाडा समेत सस्तिएको छ । हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटाएको छ । योसंगै आन्तरिक तर्फ नयाँ बिक्री मूल्य १५० रुपैयाँ प्रतिलिटर कायम भएको हो ।
यस्तै, अन्तर्राष्ट्रियतर्फ भने २६ रुपैयाँले घटाए र प्रति किलोलिटर १५१ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरुप निमगलाई प्राप्त नयाँ मूल्यसूची घटेर आएकोले इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।
नेपाल नागरिक उड्यन प्राधिकरणले आजैदेखि लागू हुनेगरि नयाँ भाडादर कायम गरेको छ । हवाई इन्धनको मूल्य घटेसंगै भाडामा पनि समायोजन भएको प्राधिकरणले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij