२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पहिलो पटक नेपाल विश्वकप बिजेता वेष्ट इन्डिजसँग भिड्दै

पहिलो पटक नेपाल विश्वकप बिजेता वेष्ट इन्डिजसँग भिड्दै

1.3K
Shares

काठमाडौं- नेपालले पहिलो पटक विश्वकप क्रिकेट बिजेतासँग आज क्रिकेट खेल्दैछ । आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।

सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठूलो अवसर भएको जनाउँदै क्रिकेट समीक्षकहरुले नेपालले गौरव गर्नु पर्ने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij