२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साइबर क्राइम र बैंकिङ्ग कसुरको मुद्दा जिल्ला अदालतले हेर्ने

साइबर क्राइम र बैंकिङ्ग कसुरको मुद्दा जिल्ला अदालतले हेर्ने

890
Shares

काठमाडौं – साइबर क्राइम र बैंकिङ्ग कसुर सम्वन्धी मुद्दा अब जिल्ला अदालतहरुमा चल्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले साइबर क्राइम र बैंकिङ्ग कसुरका मुद्दा जिल्ला अदालतको क्षेत्राधिकारी राख्ने निर्णय गरेको हो । योसंगै साइबर क्राइम र बैंकिङ्ग कुसरका मुद्दामा जिल्ला अदालतहरुबाट नै सुरु कारवाही र किनारा लगाउने छन् । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ६० को उपदफा (५) बमोजिम सोही ऐनको परिच्छेद ९ मा उल्लेख भए बमोजिमका कसूरको शुरु कारबाही र किनारा गर्ने अधिकार तथा बैङ्किङ कसूर तथा सजाय ऐन, २०६४ को दफा १७ को उपदफा (१) बमोजिम सोही ऐनको दफा ३ को खण्ड (ग) बमोजिमको कसूरको शुरु कारवाही र किनारा गर्ने अधिकार सबै जिल्ला अदालतलाई तोक्ने छ ।

यसअघि विद्युतीय कारोबारसम्बन्धी मुद्दाहरू काठमाडौं जिल्ला अदालतले मात्र हेर्दै आएको थियो भने बैंकिङ कसुरसम्बन्धी मुद्दा हेर्ने अधिकार उच्च अदालतलाई मात्र रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij