२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१६ औँ योजनाका लागि योजना आयोगले लियो विज्ञसँग सुझाव

१६ औँ योजनाका लागि योजना आयोगले लियो विज्ञसँग सुझाव

590
Shares

काठमाडौं– राष्ट्रिय योजनाआयोगले १६औँ योजनाका लागि आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यतथा विज्ञहरुसँग सुझाव लिएको छ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमाआउने गरी सोह्रौँ योजनातर्जुमाको तयारी सुरु गरेको छ । १६ औँ योजना कस्तो बनाउनु पर्छ ? भन्ने विषयमा बुधबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर आयोगले आफ्नापूर्व उपाध्यक्ष तथा विज्ञहरुसँग सुझाव लिएको हो ।
कार्यक्रममा अर्थमन्त्री समेत भइसकेका आयोगकापूर्व उपाध्यक्ष डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेकापूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्री, पूर्व उपाध्यक्षहरु डा. पृथ्वीराज लिगल, डा. जगदिस चन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा थिए । आयोगकापूर्व सदस्य तथा अर्थविद् डा. चन्द्रकान्त पौडेल, डा. जनकराज शाह, डा. गोविन्द नेपाल साथै त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र विभागकी डिन डा. कुसुम शाक्य र अर्थशास्त्र विभाग प्रमुख डा. शिवराज अधिकारी लगायत उपस्थित थिए ।
आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले संरचनात्मक रुपान्तरणमार्फत सुशासन, समृद्धि र सामाजिक न्याय हासिल गर्ने राष्ट्रिय आकांक्षका साथ सोह्रौँ योजनाको तयारी सुरु गरेको जानकारी दिए । अर्थतन्त्रमा रहेका चुनौतीहरुको सामना गर्दै सोह्रौँ योजनाको काम सम्पन्न गर्नुपर्ने भन्दै उपाध्यक्ष श्रेष्ठले विज्ञहरुको सुझाव लिएर काम अघि बढाइने बताए । आयोगले बुधबार पहिलो चरणको छलफल गरेको हो । यो छलफल शुक्रबारसम्म जारी रहनेछ ।

कसले के भने ?
आयोगका पूर्व उपाध्यक्ष समेत रहेकापूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिको धेरै महंवकाक्षीलक्ष्य राख्ननहुने बताए । अहिलेको अवस्थामा बढीमा ७वा७.५ प्रतिशतआर्थिक वृद्धिको लक्ष्य राखे पर्याप्तहुने उनको भनाइ छ । यदि ८ प्रतिशतको लक्ष्य राख्ने हो भने निर्यातमा पूर्ण रुपमाजोड गर्नुपर्ने उनले बताए ।
पूर्व अर्थमन्त्री खतिवडाले सरकारले अघि सारेको गौरवका आयोजनाको परिभाषा फेरिनु पर्ने तर्क गरेछन् । खतिवडाले विकासलाई सरकारले झनै कठिन बनाउँदै लगेको बताए । राष्ट्रिय गौरवका आयोजना भनिएका आयोजनाहरु पनिगौरव गर्न लायक नरहेको उनले बताए ।
‘हामीले यति धेरै किसिमले डिभाइड गर्यौं हाम्रा कार्यक्रमहरुलाई राष्ट्रिय गौरवका भनेका छौं। गेम चेन्जर भनेका छौं, यो भनेका छौं अनित्यो भनेका छौं। विभिन्नकिसिमले गरेका छौं अनिकम्प्लिकेटेट बनाई राखेका छौं’ उनले भने ‘मेरो अनुरोध के हो भने हामीपनि सरकारमाबसीसकेका छौ । सबैभन्दा बढी गालीखाने भएको राष्ट्रिय गौरवका आयोजनाले हो । मेरो अनुरोधमा चै त्यो राष्ट्रिय प्राथमिकताको आयोजना भन्नुस् र अरुलाई सबैलाई छुट दिनुस् र यिनीहरुलाई प्राथमिकता दिनुस् र कार्यान्वयन गर्नुस् ।’
पूर्व उपाध्यक्ष पृथ्वीराज लिगलले तथ्यांक विभाग प्रधानमन्त्री कार्यालय किन लगियो भनेर प्रश्न गरे । उनले तथ्यांक विभाग आयोगमाताहत नै भएको भएहुने उत्तम हुने बताए । लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने गरेको भन्दै उनले आर्थिक वृद्धिको लक्ष्य ठिक्क मात्रै राख्नु उपर्युक्त हुने उनले बताए । कृषि क्षेत्र धेरै ठूलो क्षेत्र रहेको भन्दै उनले यस क्षेत्रका सम्भावनाहरु लाई योजनाले समेट्नु पर्ने बताए ।
पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले अनुदानको रकम दुरुपयोग रोक्ने र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर योजना बनाउनु पर्ने बताए । पूर्व गभर्नर समेत रहेकापूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले राष्ट्रिय योजना आयोगलाई वलियो बनाउनु पर्ने बताए । उनले अबका योजनाहरु उत्पादनमूखीहुनुपर्ने भन्दै हरेक ठाउँको माटो परीक्षण गरेर के उत्पादन हुन्छ त्यहीँ बाली मात्रै उत्पादनगर्ने नीति लिनु पर्ने बताए । वाली उत्पादन हुन नसक्ने ठाउँहरुमा पशुपंक्षी पालन वा अन्य के विकल्प हुन्छ त्यसबारे सोच्नु पर्ने बताए । शिक्षा क्षेत्रमा पनि निकै ठूलो सुधारको आवश्यकता रहेको उनको भनाइ छ ।
पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल, पूर्व सदस्यहरु डा. जनकराजशाह, डा. गोविन्द नेपालले पनि योजना बनाउदा भद्दा बनाउन नहुने बताए । भिुवनविश्वविद्यालय मानविकी तथा समाजशास्त्रकी डिन डा. कुसुम शाक्यले सहकारी र बैंकमा ठूलो रकम रहेको भन्दै भएको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउन जोड दिनुपर्ने बताइन् । त्रिभुवनविश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. शिवराज अधिकारीले योजना आयोगले प्रकशन गर्ने कितावहरु लोक सेवा पास गर्नका लागि अध्इयनगर्न मात्रै उपयोगी रहेको भन्दै यसलाई उत्पादन र अर्थतन्त्रमा योगदान दिने खालको बनाउन जोड दिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij