२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

690
Shares

बागलुङ – बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएकाे छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना जैमिनी नगरपालिका १० राङखानी घर भइ बागलुङ नगरपालिका २ श्रीनगर बस्ने दुर्गा पौडेल छन् । अर्का एक जनाको सनाखत भएको छैन ।
जीप सडकबाट झण्डै ५०० मिटर तल खोँचमा खसेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij