काठमाडौं– नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन)बीच पर्यावरणीय, सामाजिक तथा सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्न सम्झौतामा भएको छ
सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनाको युनिभर्सिटिज अफ पम्पन्यु फाबरा बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट (युपिएफ बिएसएम) को वातावरणीय, सामाजिक र सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गरिनेछ।
सो कायक्रमले नेपालको वित्तीय क्षेत्रमा यससँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरूको कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ।
सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के.सी. र आइआइएनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij