२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गायक शक्ति भण्डारीको ‘अघि बढ्ने छु’ सार्वजनिक 

गायक शक्ति भण्डारीको ‘अघि बढ्ने छु’ सार्वजनिक 

1K
Shares
काठमाडौं – गायक शक्ति भण्डारीको स्वर र संगीतमा रहेको ‘अघि बढ्ने छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  रक भर्सनको यस गीतलाई डेकेन्द्र श्रेष्ठले लेखेका हुन्। बार्सेलोना स्पेनको द एन्जल  साउन्ड स्टुडियोमा गीतको साउण्ड पोस्ट प्रोडक्सनको काम भएको हो।  ‘रोसालिया’ जस्ता विश्वका चर्चित कलाकारको  गीतमा साउण्ड मिक्सिङको काम गरिसकेका स्पेनिसले नेपाली गीतमा साउण्ड मिक्सिङ गर्न पाउदा खुशी व्यक्त गरेका छन्।
गीतकार श्रेष्ठले भने ‘आधुनिक प्रविधि र सुविधा सम्पन्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्ने सपना थियो, त्यो सपना मेरो जीवनको परिचायक गीतबाट पूरा गर्न पाएँ । यसले मलाई थप हौसला प्रदान गरेको छ।’ यो गीतको गितको कन्टेन्ट र भावना राम्रो छ । दर्शक स्रोताले गीतलाई मन पराउने कुरामा उनि आशावादी छन्।
युरोपको अति रमणिय ठाऊ बार्सेलोना सिटीमा भिडियोको सम्पूर्ण छायाँकन भएको हो।  म्युजिक भिडियोमा सुजता कँडेल र अनन्त लामिछानेको अभिनय रहेको छ।  सजिन श्रेष्ठ सहाएक निर्देशक रहेको यो गीतको भिडियोलाई सुरज मैनाली बार्सेलोनाको निर्देशनमा तयार पारिएको हो।  भिडियो गीतकार श्रेष्ठको युट्युव च्यानल ‘डेकेन्द्र प्रोडक्सन’  मार्फत सार्वजनिक गरिएको हो।
https://youtu.be/_GEiCKpsOSs

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij