२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर २२ औं वर्षमा प्रवेश

प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर २२ औं वर्षमा प्रवेश

1.8K
Shares

काठमाडौं- सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर स्थापनाको २१औं वर्ष पार गरी २२औं वर्षमा प्रवेश गरेको छ । हरेक वर्ष वार्षिकोत्सवको उपलक्ष्यमा प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यस बर्ष पनि प्रोत्साहनाजले एक कार्यक्रमको आयोजना गरी २१ औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा आफ्ना प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन कोर्स पूरा गरेको प्रमाणपत्र वितरण गरेको छ। उक्त अबसरमा बिपना केसी, अप्सरा बुढा, मिनु जिरेल, पन्छु माइ तामाङ, शान्ता तामाङ, कान्ति गैरे, शुसिला नगरकोटी, कमला बज्राचार्य, रोना शाक्य, मनिता श्रेष्ठ, अनुषा बिश्वकर्मा, बिनु श्रेष्ठ, आसमाया तामाङ, रबिशा पहरी र एलिना महर्जनले प्रमाणपत्र प्राप्त गरेका थिए।

प्रोत्साहनाजले सौन्दर्यका पारखीहरूका लागि सेवा प्रदान गर्नाका साथै सौन्दर्य पेसालाई अङ्गाल्न खोज्नेहरुका लागि तालिमको समेत व्यवस्था गर्दै आएको छ ।
जाउलाखेल चोकमा र एकान्तकुना जाउलाखेल ललितपुरमा अवस्थित प्रोत्साहनाजकी सञ्चालक रेनु राना मगरको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा बिसेष अतिथिमा बरिष्ठ सौन्दर्यकर्मी रचना शाक्यको उपस्थिति रहेको थियो। साथै अन्य कलाकारहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

२१ औं वार्षिक उत्सवसम्म आइपुग्दा प्रोत्साहनाजले आठ हजार जना भन्दा बढीलाई सौन्दर्यकला शीप सिकाएर सम्बन्धित पेशामा दक्ष एवम् आत्मनिर्भर बनाएको दाबी गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij