२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोखा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा नियमित पढाई हुने

टोखा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा नियमित पढाई हुने

3.5K
Shares

काठमाडौं– टोखा नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु नियमित रुपमा पठन पाठन हुने भएको छ । विभिन्न सञ्चार माध्यमहरुमा आजबाट देशभरका सामुदायिक विद्यालय अनिश्चतकालका लागि बन्द भन्ने सुचनाको पछि नलाग्ने नगरपालिकाले एक सुचना जारी गर्दै सबैमा अनुरोध गरेको छ । पठनपाठन नियमित रुपमा सञ्चालन गर्ने निर्देशन समेत दिएको शिक्षा अधिकृत खगेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
विना कारण विद्यालय बन्द गरेमा प्रचलित ऐन कानुन बमोजिम कारबाही हुने पनि नगरपालिकाका प्रशासकिय अधिकृत अनिल प्रसाद जोशीद्धारा विज्ञप्तीमा जनाइएको छ ।

 

विभिन्न मागहसहित आन्दोलन गरिरहेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले आइतबारदेखि देशभरका सामुदायिक विद्यालयहरू अनिश्चितकालका लागि बन्द गराउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij