काठमाडौं– टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले वडा नं. ११ वानियाटार पुलमा वर्षाको बाढीले बिगारेको खानेपानि लाइन मर्मतको लागि केयुकेएल महाराजगञ्ज शाखा प्रमुख मनिष ढुङ्गानालाई प्रत्यक्ष फोन गरी तत्काल वडावासिलाई खानेपानि व्यबस्थापन गर्न निर्देशन दिएका छन् । जनधनको क्षती हुने सम्भावनालाई मध्यनजर गर्दै तत्काल अन्य काम रोकि जालीवाल लगाउन निर्देशन दिएका छन् । त्यसका लागि आवश्यक बजेट नगरपालिकाले व्यहोर्ने स्पष्ट पार्नु भयो । साथै नगर प्रमुख अधिकारीले मेलम्चीको खानेपानीलाई जति सक्दो नगरपालिकामा ल्याउन पनि निर्देशन दिएका छन् ।

अनुगमनमा टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर विसी, ११ नम्बरका वडा अध्यक्ष घनश्याम खड्का वडा सदस्य लगायतको उपस्थिती रहेको थियो ।
https://www.facebook.com/arthanepalofficial/videos/3175271912773619
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij