काडमाडौं– मंगलबार नेप्से परिसूचक ३४.१७ अंकले बढेको छ। यस दिन नेप्से १.७२ प्रतिशतले बढेर २०२०.६४ बिन्दुमा बन्द भएको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। काराेबार रकम ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँ पुगेको छ। साेमबार २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको सेयर कारोबार भएको थियो ।
यस दिन २७० वटा धितोपत्रको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर किनबेच भएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij