सनराइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, वीरगन्ज, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको छ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त आँखा शिविर सञ्चालन गरेको बताएको छ। आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुर-९ मा सञ्चालन गरिएको थियो। सो शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपिडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाँच सेवाहरू लिएका बैंकले बताएको छ।
शल्यक्रिया र औषधिको लागि डाक्टरको सल्लाह लिएका मानिसहरू खुसी हुँदै बैंकले सो शिविर आयोजना गरेकोमा धन्यबाद ज्ञापन गरे। शुक्रबार उक्त कार्यक्रमको उद्घाटन बैंकको मधेश प्रदेश प्रमुख दीपक पण्डित, जीवन विज्ञान केन्द्र मधेश प्रदेश प्रमुख शैलेश पौडेल, श्रीमावि डुमरिया चन्द्रपुरका शिक्षक राजेशकुमार चौधरी, नयाँ नेपाल सेवा केन्द्रका स्वयंसेवक निर्मला चौधरी र बैंकका चन्द्रनिगाहपुर शाखा टोली सदस्यहरूको उपस्थितीमा भएको थियो।
दृष्टि आँखा अस्पताल, वीरगन्ज र जीवन विज्ञान तथा नयाँ नेपाल सेवा केन्द्र, चन्द्रपुर रौतहट जस्ता सामाजिक संस्थाको प्राविधिक सहयोगमा विभिन्न सूचनामूलक र प्रवर्द्धनात्मक उपकरणको प्रयोग गरी निःशुल्क आँखा शिविर सफल बनाउन सहयोग पुगेको बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij