काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ४०.४८ अंकले बढेको छ। यस दिन नेप्से २.०९ प्रतिशतले बढेर १९८०.०९ बिन्दुमा बन्द भएको छ। यस्तै आज कारोबारमा समेत उच्चता आउँदै ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको ९५ लाख २८ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ६.१० अङ्कले बढ्दै ३७०.५२ अङ्कको विन्दुमा उक्लिएको छ । यसदिन १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी फाइनान्स समूह र इन्भेस्टमेन्ट समूहको उपसूचक क्रमशः ५.७२ प्रतिशत र ५.११ प्रतिशतले बढेको छ भने आज डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.६६ प्रतिशतले बढेको छ ।
यस्तै, ट्रेडिङ समूहको उपसूचक ३.८८ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५३ प्रतिशतले बढेको छ । त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ५.७२ प्रतिशतले बढेको छ।
यस्तै, यस्तै लगानी समूहको परिसूचक ५.११ प्रतिशत र विकास बैंक समूहको परिसूचक ४.६६ प्रतिशतले बढेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij