२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुन चाँदीको मूल्य स्थिर

सुन चाँदीको मूल्य स्थिर

735
Shares

काठमाडौं – आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij