काठमाडौं – टोखा नगरपालिकामा २० दिने बेसिक फोटोग्राफी तालिम सुरु भएको छ । टोखा नगर स्तरीय तालिम वडा न. १० को सभाहलमा शुक्रबार टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले तालिमको उद्घाटन गर्नु भएको हो । उपप्रमुख तामाङले फोटो खिचेर तालिमको सुरुवात गर्नु भयो । उद्घाटन कार्यक्रममा १० नम्बरका वडा अध्यक्ष मचाकाजी महर्जन लगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

टोखा नगरपालिकाको आर्थिक सहयोगमा नेपाल मिडिया एण्ड स्टुडियो प्रालिको आयोजनामा हुने तालिममा २२ जना प्रशिक्षार्थी सहभागी रहेको नेपाल मिडिया एण्ड स्टुडियो प्रालिका अध्यक्ष नारायण रिमालले जानकारी दिनु भयो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij