२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटी होटलको आइपिओ सूचीकृत

सिटी होटलको आइपिओ सूचीकृत

980
Shares

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटी होटलको आइपिओ सूचीकृत भएको छ। कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा गएका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषको लागि निष्कासन गरेको कुल १६ लाख ७४ हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १ करोड ५० लाख ६६ हजार कित्ता गरी कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर सूचीकृत गराएको हो।

नेप्सेले पहिलो कारोबारकाे लागि कम्पनीको ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ ४९ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ। सोही रेञ्जमा रहेर आइतबारदेखि कम्पनीको सेयर कारोबार खुला हुनेछ।

नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ। कम्पनीको ‘सिआइटिवाई’ संकेतमा सेयर कारोबार खुला हुनेछ। त्यस्तै, सूचीकरणपछि दिनुपर्ने आरटिएस सेवा ग्लोबल आइएमई क्यापिटल नक्सालबाट हुने समेत कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij