२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सफा हिमाल अभियान २०२३ सम्पन्न

सफा हिमाल अभियान २०२३ सम्पन्न

755
Shares

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करणले उल्लेखनीय सफलता हासिल गरेको छ।

विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा होटल हायात प्लेसमा एक समापन कार्यक्रम आयोजना गरेर उक्त अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइएको हो। कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा लगायत अभियानमा संलग्न अन्य साझेदार निकायहरू र सरकारी अधिकारीहरू तथा मुख्य सरोकारवालाहरू सहभागी थिए।

चार मुख्य हिमालहरू–सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्से सरसफाई गर्ने उद्देश्यका साथ यो अभियान २८ मार्चमा सुरू भएको थियो। अत्यधिक उचाइमा रहेका यी हिमालहरूबाट फोहोर संकलन गर्ने जोखिमपूर्ण यात्रामा नेपाल आर्मीका सदस्यहरू र शेर्पाहरू गरी ९७ जना सहभागी थिए।
टिमको अथक प्रयासले ३५ हजार ७०८ किलोग्राम फोहोर संकलन गर्न सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij