२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय सभाको बैठक स्थगित

राष्ट्रिय सभाको बैठक स्थगित

685
Shares

काठमाडौं– राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। बैठक आज बिहान ११ बजेर ११ मिनेटमा बस्नेगरी बोलाएका संसद् सचिवालयले स्थगितको सूचना टाँस गरेको हो।

‘जेठ २३ गते मंलबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २४ गते बुधबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ संसद् सचिवालयले टाँस गरेको सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij