२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद खुल्यो

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद खुल्यो

920
Shares

काठमाडौं – हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर आज (सोमबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.७५ कित्ता सेयर निष्कासन गरेको छ।

जस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।
हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसेको छ। बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम सेयरधनीहरूले उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त हकप्रद सेयरमा असार १० गतेसम्म आवेदन दिन सकिन्छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ।
लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij