२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोखा नगरपालिकामा सरसफाई तथा सचेतना र्‍याली कार्यक्रम सम्पन्न

टोखा नगरपालिकामा सरसफाई तथा सचेतना र्‍याली कार्यक्रम सम्पन्न

1.7K
Shares

काठमाडौं – विश्व वातावरण दिवासको अवसरमा टोखा नगरपालिकाको आयोजनामा सरसफाइ तथा सचेतना र्‍याली कार्यक्रम सम्पन्न भएको छ । हिमालयन वातावरण संरक्षण प्रालिको सहजीकरणमा भएको कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ  वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, प्रमुख कार्यकारी अधिकृत शेरबहार विसी, शाखा प्रमुखहरु, कर्मचारी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, विभिन्न महिला तथा युवा समुहहरुको उपस्थिती रहेको थियो ।
नगरभित्रका विभिन्न ठाउँमा ¥यालीसहित सरसफाई गरिएको थियो । नगरपालिकाको कार्यालयबाट सुरु भएको सरसफाई तथा सचेतना ¥याली दाहालगौडा, ग्रिनल्याण्ड लगायतको ठाउमा पुगेको थियो । अन्त्यमा नगरपालिकाको कार्यालयमा आएर समापन भएको थियो ।

कार्यक्रमलाई समापन गर्दै नगरप्रमुख प्रकाश अधिकारीले आफ्नो टोल, समुदाय सधै सफा राख्नु पर्ने बताए । सरसफाइ एक दिन मात्र नभई अभियानकै रुपमा नियमित रुपमा गर्नु पर्ने बताए । त्यसैगरी उपप्रमुख मुरारी तामाङले घर मात्र नभई टोल, चोक समुदाय पनि सफा राख्नु पर्ने बताए । समापनलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत शेरबादुर विसीले प्रत्येक शुक्रबार नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्थाका कर्मचारीहरुले कार्यालय तथा अन्य ठाउँहरुमा सरसफाई कार्यक्रम नियमति गर्दै आएको बताए । त्यसलाई निरन्रता दिने पनि प्रतिबद्धता जनाए ।
आज विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुमा पनि सरसफाई तथा सचेतना कार्यक्रमहरु भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij