२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब विदेशबाट भन्सार नतिरी के-के ल्याउन पाइन्छ ? (सूचीसहित)

अब विदेशबाट भन्सार नतिरी के-के ल्याउन पाइन्छ ? (सूचीसहित)

1.6K
Shares

काठमाडौं – सरकारले नयाँ आर्थिक विधयेकसँगै विदेशबाट आउने यात्रुले भन्सार नतिरी र तिरेर ल्याउन पाउने सूची परिमार्जन गरेको छ।

यात्रुले विदेशबाट आउने भन्सार नतिरी ल्याउन पाउने सामानहरू निम्न रहेका छन् :-

– लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान,
-औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि,
– शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
– बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक(एक थान,
-पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरू एक(एक थान ९जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको लागि फुटबल, भलिबल, व्याडमिन्टन सेट, गायक सङ्गीतकारको लागि गितार, हार्मोनियम, तबला जस्ता सामान०
– सात किलोग्रामसम्म खाद्य परिकार,
– मदिरा एक लिटरसम्मको बोतल एक।
– सुनको गहना पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म। चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया। तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका सुनका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तु गहनाको रुपमा ल्याउन पाइने छैन।
– ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल फोन एक(एक थान। तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याएमा सो बापत लाग्ने महसुल समेत पूरै छुट हुने र त्यस्तो थप एक थान नयाँ सेलुलर मोबाइल फोनको हकमा भन्सार प्रक्रिया पूरा गर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij