२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रावा इनर्जीको आइपिओ खुल्यो

रावा इनर्जीको आइपिओ खुल्यो

1K
Shares

काठमाडौं– सर्वसाधारणका लागि रावा इनर्जी डेभलपमेन्टको आइपिओ आज (बिहीबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको थियो।

सोमध्ये ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरिएकोमा १ लाख ९२ हजार ३३० कित्ता सेयर बाँकी रहेको थियो। सर्वसाधारणलाई निष्कासन गरिने सेयरमा उक्त सेयर थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सेयर सार्वजनिक निष्कासनको लागि छुट्याइएको थियो।

निष्कासन गरिने कुल कित्तामध्ये १५ हजार ४७ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ३७ हजार ६१६ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ। बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयरमा लगानीकर्ताले आवेदन दिन सक्नेछन्। सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

उक्त आइपिओमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि जेठ ३२ गतेसम्म लम्बिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij