२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत

960
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । साताको पहिलो कारोबार दिन आइतवार नेप्सेमा तीन कम्पनीको एक करोड २६ लाख ३३ हजार २५८.५८ कित्ता बोनस सूचीकृत भएको हो ।
प्रभु इन्स्योरेन्सको ८ लाख ६४ हजार १०६.७६ कित्ता, स्वरोजगार लघुवित्तको ११ लाख ३१ हजार १८.०७ कित्ता र हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्टको १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

तीन कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij