२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुन–चाँदीको मुल्य घट्यो

सुन–चाँदीको मुल्य घट्यो

955
Shares

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा किनबेच भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij