२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘आइएमई पे’ मार्फत हवाइ टिकट काट्दा क्यासब्याक पाउने

‘आइएमई पे’ मार्फत हवाइ टिकट काट्दा क्यासब्याक पाउने

735
Shares

काठमाडौं – आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरूले अब १२५ रुपैयाँभन्दा बढी क्यासब्याक पाउने भएका छन्।

आइएमई पेमार्फत टिकेट काट्ने ग्राहकले एयरलाइन्स कम्पनी बमोजिमको ७५ रुपैयाँ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘बोनस’ नामक प्रोमोकोड प्रयोगमा थप ५० रुपैयाँ गरी कम्तिमा १२५ वा सो भन्दा बढी क्यासब्याक पाउन सक्नेछन्।

उक्त प्रोमोकोड जेठ ७ गतेदेखि असार ६ गतेसम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij